पाल्पा माघ, ९–
नेपाली काङ्ग्रेसका नेता महेश आचार्यले जनमतको सदुपयोग गर्दै रचनात्मक खालको काम गर्न सरकारलाई आग्रह गरेका छन् ।
पाल्पाको रामपुरमा बुुधबार काङ्ग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रममा पूर्वअर्थमन्त्री आचार्यले दुई तिहाइ बहुमतको नेतृत्व गरेको सरकारले एक वर्षमा विकासको प्रत्याभूति जनतालाई दिन नसकेको विचार व्यक्त गर्दै भने, ‘पैसा खन्याएर मात्र देशको आर्थिक समृद्धि हुँदैन, जनतालाई चलायमान र उत्पादनमूलक क्षेत्रमा नलगाएसम्म देशको विकास हुँदैन ।’
बहत्तर वर्षको लामो इतिहासमा कम समय सत्तामा बसेर मुलुकमा बढ्दै गरेको हिंसा र दमन शोषणविरुद्ध तथा जनताको हितका लागि काङ्ग्रेसले काम गरेको जिकिर गरे ।