विराटनगर माघ, ९–
सरकार बनेको लामो समय बितिसक्दा पनि सरकारले जनातका पक्षमा सिन्को नभाच्ने देखिए पछी कांग्रेसका युबा तथा बिधार्थी भातृसंगठन सडकमा उत्रीएका छन । मुलुकमा खुलम्खुला भ्रस्टाचार र अपराधिमाथी राज्यको सम्रक्षण समेत बढ्दै जादा सदनमा बिपक्षी पार्टिलाई पनि पेलेरै जाने सरकारको तयारी पछी अब हुने आन्दोलन जनापेक्षिता पनि देखिएको छ भने आन्दोलनका प्रती सामाजिक सञ्जालमा नागरिका समाजको ऐक्यबद्दता पनि प्रकट हुन थालेको छ ।
यसैबिच चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशरत डा गोविन्द केसीका मागको सम्बोधन गर्न र निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको विरुद्धमा नेविसंघले माइतीघरबाट संसद भवन नयाँ बानेश्वर सम्म जुलुश प्रदर्शन गरेको छ । उनीहरुले सरकार माफियाको चंगुलमा फसेको भन्दै सरकारको चर्को विरोध गरेका छन् । निर्मला पन्तको हत्यारा ५ महिनासम्म पनि पत्ता लगाउन नसकेको, चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीको माग पूरा नगरेको प्रति उनीहरुले सरकारको विरोध गरेका छन्।
तेस्तै बुधबार नेपाल तरुण दलले विराटनगरमा विरोध प्रदर्शन गरेको छ । प्रदेश १ को राजधानी विराटनगरमा विरोधमा उत्रिएका तरुण कार्यकर्ताहरुले सरकार माफियाको चंगुलमा फसेको, सरकारले ५ महिनासम्म पनि बलात्कार पछि हत्या गरिएको निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको, डा. गोविन्द केसीको मागप्रति सरकार गैरजिम्मेवार बनेको, प्रमुख प्रतिपक्षीलाई संसदमा पेलेर जाने र आफू भ्रष्टाचारमा लिप्त भएको जस्ता विषयमा सरकारको विरोध गरेका छन ।
देशै भर हुँदै गएका पछिल्ला प्रदर्शनहरुमा युबा बिधार्थिहरुको उपस्थिती बढ्दै गएको देखिएको छ ।