काठमाडौं माघ, १०–
पहिलो ‘नेपाल आइडल’ का ताका निकै चर्चामा रहेका गायक सुरज थापाको नयाँ गीत सार्वजनिक भएको छ । गायक थापाको परदेशीको पीडालाई समेटिएको मार्मिक गीत ‘हे बरै आएन परदेशी’ सार्वजनिक भएको हो । युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा सारंगीको धुनमा मार्मिक शब्दहरु, तथा गायक थापाको निकै सुमधुर स्वर सुन्न सकिन्छ । उक्त गीतमा विदेश गएर खाडीको जेलमा फस्नुपरेको नेपालीको कथा समेटिएको छ ।
गीतमा सुरज थापाको स्वर, शब्द र संगीत रहेको छ । त्यस्तै धर्म गन्धर्वको सारङ्गी र किसन श्रेष्ठको संगीत संयोजन रहेको छ ।
गीतको म्युजिक भिडियोमा मन बहादुर थापा(बाबा), दिलमाया थापा(आमा), चन्द्र बहादुर थापा(दाजु), कबी राम(जेठा बाबा) , तारा थापा(बहीनी), आरुशि (भाउजु) को भूमिकामा देखिएका छन् । उनीहरु सबै सुरज थापाका परिवारका सदस्य हुन् ।
गीत हेर्नुसः