काठमाडौं माघ, १०–
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । बैठकमा मुख्यतया पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ) को म्याद थप या विघटन, संसद अवरोध तथा सरकारविरुद्धका आन्दोलनलगायत बिषयमा छलफल हुने कांग्रेसका एक नेताले बताए । पार्टी सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेताहरु बैठकस्थल पार्टी मुख्यालय सानेपामा पुगिसकेका छन् ।
पार्टी कार्यालय आसपासमा नेविसंघका सयौं युवा विद्यार्थी भेला भएर नारावाजी गरिरहेका छन् । विद्यार्थीहरु बाहिर रिङरोडदेखि पार्टी कार्यालयसम्म जम्मा भएका छन् । बाहिर विद्यार्थीहरुले नराबाजी गरिरहँदा भित्र भने कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । स्रोतले जनाए अनुसार पार्टीले नैनसिंह महर नेतृत्वको कार्यसमितिलाई म्याद नथपी भंग गर्ने तयारी गरेको छ । म्याद थपका विषयमा कांग्रेस नेताबीच नै एकमत छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल समूह म्याद थप्न नहुने पक्षमा छन् भने सभापति शेरबहादुर देउवा निकट प्राय सबै नेताहरु पनि बिगठनकै पक्षमा देखिएका छन यधपी बर्तमान कमिटी भङ्ग गरेपछी उमेरको हद कायम राखेर अर्को कमिटी बनाउने या उमेर हद हटाएर अर्को कमिटी बनाउने भन्नेमा भने नेताहरुबिच अझै कुरा मिल्न बाकी रहेको र आउन लागेको स्वबियु निर्बाचन सम्म यही कमिटी कायम राख्दा सहज हुने पनि केहि नेताहरुको मत रहेको पार्टिका एक केन्द्रिय सदस्यले न्यू सञ्चारलाई ब ताए । छलफलको क्रममा पार्टिको बैठक लम्बिए पनि बैठकले नेविसंघ भङ्ग गर्ने सम्भाबना बढी रहेको पार्टी निकट श्रोतले बताएको छ । नेता कृष्णप्रसाद सटौला भने यही कमिटिको म्याद थपेर अघि बढ्नुपर्ने पक्षमा छन् । यसबारे बुधबार पार्टी सभापति देउवाले नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासँग समेत छलफल गरेका थिए ।
नाराबाजी सहित संघका कार्यकर्ताले कांग्रेस पार्टी कार्यालय सानेपामा धर्ना दिइरहेका छन । बर्तमान कार्यसमितिबाट महाधिवेशन र स्वबियु निर्बाचन दुबै सम्भव नहुने भएकोले बर्तमान कार्यसमितिको औचित्य सकिइसकेको संघका नेता दीपक भट्टराईले बताए । नेता भट्टराइले तदर्थ समिति गठन गर्न माग गर्दै बिहिबार पार्टी कार्यालयमा धर्ना दिएको बताए।
विधानअनुसार, भदौ २ गते हुनुपर्ने नेविसंघको १२ औं महाधिवेशन आन्तरिक विवादले पटक पटक म्याद थप्दा पनि हुन सकेको छैन । वर्तमान कार्यसमितिको म्याद माघ २ गते सकिएपछि नेविसंघभित्रको सांगठिनक अन्यौलता चुलिएको छ । नेविसंघका महामन्त्री सरोज थापासहित ७ पदाधिकारी र ४५ जना केन्द्रिय सदस्यहरुले यसअघि नै राजीनामा दिइसकेका छन् । केही समयअघि म्याद थप नगर्न जुलुससहित नेविसंघका नेता–कार्यकर्ताले देउवा निवास बूढानीलकण्ठ पुगेर धर्ना दिएका थिए ।