मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिकित्सा शिक्षा विधेयकः संसदमा सत्तापक्ष र प्रतिपक्षबीच ‘मुठभेड’ को खतरा !



काठमाडौं माघ, ११–
चिकित्सा शिक्षा विधेयक संसद्बाट शुक्रबार पारित गर्नैपर्ने अडानमा सत्तापक्ष छ भने प्रमुख प्रतिपक्षी कांग्रेस जसरी पनि रोक्नेमा । त्यसैले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा ‘मुठभेड’ हुनसक्ने सम्भावना छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नरेन्द्र साउदले लेखेका छन् ।

मंगलबार सत्तापक्ष–प्रतिपक्षको घम्साघम्सी र तनावपछि बैठक स्थगित भएको थियो । संसद् सचिवालयले शुक्रबारको बैठकमा विधेयक पारित गर्ने एक मात्र एजेन्डा राखेको छ ।

तर आफ्ना माग पूरा नभई पारित गर्न खोजे मुठभेड हुने कांग्रेस नेताहरुले चेतावनी दिएका छन् । कांग्रेसले आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताललाई संघमातहत मान्यता दिनुपर्ने अडान राख्दै आएको छ ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  १ : ५८ बजे