मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा.केसीको समर्थनमा आन्दोलित विवेकशीलका संयोजक थापासहित २५ जना गिरफ्तार



काठमाडौं माघ, ११–
डा.गोविन्द केसीका माग र अनसनप्रति समर्थन गर्दे आन्दोलनमा उत्रिएका विवेकशील नेपाली दलका संयोजक उज्वल थापासहित २५ जनाले सामूहिक गिरफ्तारी दिएका छन् ।
सामुहिक गिरफ्तारी दिनेहरुमा संयोजक उज्वल थापा, सदस्यहरु शशी बिक्रम कार्की,अजिता राई,डा दिनेश प्रसाईं, अम्बिका कार्की,सुजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे,सोनम थीमी, लगायत रहेका छन् । उनीहरु गिरफ्तारी दिन सांसद भवन नयाँ बानेश्वर पुगेका थिए ।
बिबेकशील नेपाली दलका नेता मिलन पाण्डेका अनुसार डा. केसीसँग १५ औँ अनसनमा सरकारले गरेको सम्झौतापत्र लिएर संसद भवनमा छिर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।

उनले भने,‘डा. गोविन्द केसीसँग १५ औँ अनसनका क्रममा सरकारले गरेको सम्झौता पत्र लिएर संसद भवनमा छिर्न खोज्दा हामीमाथि प्रहरीले दमन गरेको छ । केही साथीहरु घाइते भएका छन् ।’
पक्राउ परेका विवेकशीलका नेता कार्यकर्तालाई भृकुटीमण्डपस्थि पुलिस क्लवमा राखिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ७ : २५ बजे