मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारी गाडीमा नेविसंघले लेख्योः ‘माफिया सरकार मुर्दावाद’



काठमाडौं माघ, १३–
नेपाल विद्यार्थी संघ सरकारविरूद्ध सडक आन्दोलनमा उत्रिएको छ । नेविसंघका नेता कार्यकर्ताले सरकारी गाडीमा ‘माफिया सरकार मुर्दावाद’ लेखेका छन्।

नेविसंघले तोडफोड गरी सरकारी सम्पत्ति नाश पुर्‍याउनुभन्दा सरकारविरूद्ध विरोध गर्दै गाडीमा लेख्न थालेको जनाएको छ।

सरकारलाई माफियाले चलाएको भन्दै नेविसंघले जहिलेसम्म माफिया हावी भइराख्छन् त्यस बेलासम्म विरोध जारी राख्ने बताएको छ।

आइतबार दिउँसो कोटेश्वर सडकखण्डमा गुडिराखेका सरकारी गाडी रोकेर नेविसंघले सरकारविरुद्ध लेखेको हो।यसैगरी, सरकारविरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्थाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।

नेपाल महिला संघको संयोजनमा आइतबार दिउँसो बानेश्वरमा भएको प्रदर्शनमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ पनि सहभागी छन्।

कांग्रेस कार्यकर्ताले ‘अधिनायकवाद बन्द गर, दुई तिहाइको दम्भ बन्द गर, निर्मलालाई न्याय दे, डाक्टर गोविन्द केसीको जीवन रक्षा गर, चिकित्सा शिक्षा विधेयक खारेज गर’ जस्ता नारा लगाएका छन्।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ९ : ०० बजे