मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगरबाट सुरु तरुण दलको गर्जन आज सुर्खेतमा, ओली सरकारविरुद्ध झन् झन् सशक्त प्रतिरोध गर्दै



सुर्खेत माघ, १३–
नेपाल तरुण दल केन्द्रीय समितिले प्रदेश ६ को राजधानी सुर्खेतमा आज सरकारविरुद्ध वृहद प्रदर्शन गरेको छ । तरुण दलको प्रदर्शन हरेक दिन झन् झन् बन्दै गैरहेको सहभागीहरुको भनाइ छ ।तरुण दल सुर्खेत जिल्लाको समायोजनमा भएको प्रदर्शनमा प्रदेश ६ का ९ जिल्लाका तरुण दल्का नेता कार्यकर्ता र पार्टीका नेता कार्यकर्ताहरुको ठुलो सहभागीता रहेको थियो ।

तरुण दलले प्रदेश १को विराटनगरबाट सुरु गरेको विरोध प्रदर्शन छैटौ दिन सुर्खेतमा आइपुगेको हो । तरुण दलले ‘‘कम्युनिष्ट सरकारको चमत्कार, महँगी बलात्कार र भ्रष्टाचार’ भन्ने नारासहित सातै प्रदेशका मुख्य सहरमा विरोध प्रदर्शन गर्दै आएको छ ।
सुर्खेतको विरोध सभालाई सम्बोधन गर्दै तरुण दल अध्यक्ष जितजङ्ग बस्नेतले वर्तमान सरकारले शक्तिको नशामा नेपाली कांग्रेसको नेतुत्वमा हासिल गरेको राजनीतिक उपलब्धि, देश र जनताले उपभोग गर्न पाउने नैसर्गिक अधिकार खोस्न लागेकोले त्यसको विरुद्ध नेपाली जनता एक हुने समय आएको बताए ।


त्यस्तै, उपाध्यक्ष उत्तम चापागाईंले देशमा २०औ पटक मूल्य वृद्धि हुँदा किन अखिलका भाइ बहिनीहरु चुप छन ? भनि प्रश्न गरे ।विरोध सभालाई सम्बोधन गर्दै दलका महासचिव भुपेन्द्रजंग शाहीले सरकार विकासको भ्रमको सपनाहरू बाँडेर भ्रष्टचारमा डुबेको आरोप लगाए ।
सभालाई दलका कोषाध्यक्ष विद्वान गुरुङ लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ३ : २० बजे