मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय सभा बैठक अबरोध गर्ने कांग्रेसको तयारी



काठमाडौं माघ, १४–
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको बैठक अबरोध गर्ने तयारी गरेको छ । चिकित्सा शिक्षा विधेयकलाई लिएर कांग्रेसले आज आजको राष्ट्रिय सभा बैठक अबरोध गर्ने तयारी गरेको हो ।
सदन र सडकमा विरोध प्रदर्शन भइरहेका बेला सरकारले सोमबार बस्ने राष्ट्रियसभाको बैठकमा उक्त विधेयक पेश गर्ने तयारी गरेको छ ।

राष्ट्रियसभाको बैठक बिहान ११ बजे बस्दैछ । कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले कांग्रेसको मागअनुसार गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताललाई यथावत राख्नुपर्ने बताए ।

विधेयकलाई सम्भावित कार्यसूचीको एक नम्बरमा राखिएको छ । प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ टेबुल गरिने सम्भावित कार्यसूची तय गरिएको छ ।

प्रतिनिधिसभाको बैठकमा अवरोध गरिरहेको नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठकमा पनि विरोध जनाउने तयारी गरेको छ । उक्त विधेयकमा आफूसँग गरिएको सम्झौता तोडमोड गरिएको भन्दै डा।गोविन्द केसी अनशनमा छन् ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार  ५ : ४९ बजे