मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय सभाद्वारा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित



काठमाडौं माघ, १४–
नेपाली कांग्रेसको अवरोधका बीच राष्ट्रिय सभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको छ । प्रमुख प्रतिपक्ष दल कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेकै बेला अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए।

अध्यक्षले सो विधेयकमा छलफलमा भाग लिन आग्रह गरे पनि त्यसमा कसैले पनि भाग लिएनन्। छलफलमा भाग नलिएपछि मन्त्री पोखरेलले विधेयक माथिविचार गरियोस् भन्ने प्रस्ताव उपर छलफल नभएपछि अध्यक्षले सो विधेयक सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे।

उनले विधेयक संशोधन प्रस्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम १०६ को विधेयक शाखा सिंहदरबारमा संशोधन प्रस्ताव दर्ता गर्न सकिने जानकारी दिए।

राष्ट्रियसभाको अर्को बैठक आगामी बिहीबार १७ गते दिनको २ बजे बोलाइएको छ ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार  ७ : ३३ बजे