धनगढी माघ, १४–
नेपाल तरुण दलले आज कैलालीको धनगढीमा सरकारविरुद्ध भव्य प्रदर्शन गरेको छ । नेपाल तरुण दल केन्द्रीय समितिको आयोजना र कैलाली जिल्लाको समयोजनमा प्रदेश ७ का ९ जिल्लाका तरुण दलका नेता कार्यकर्ताहरुको सहभागीतामा विशाल विरोध प्रदर्शन सम्पन्न भएको हो । माघ ८ गतेदेखि विराटनगरबाट सुरु भएको दरुण दलको विरोध प्रर्दशन अन्र्तगत सोमबार धनगढीमा भएको हो।
नेपाल तरुण दलले कम्युनिष्ट सरकारको चमत्कार, महँगी बलात्कार र भ्रष्टाचार मूल नारासहित प्रदेश स्तरीय विरोध कार्यक्रम आयोजना गर्दै अइरहेको छ । आज धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै तरुण दल अध्यक्ष जीतजंग बस्नेतले केपी ओली राजा वीरेन्द्र र विद्यादेवी रानी ऐश्वर्य नबन्न अनुरोध गरे ।
उनले गृहमन्त्री रामबहादुर थापाको छोरा प्रतीकको पोलीग्राफी परिक्षण गर्न समेत माग गरे । अध्यक्ष बस्नेतले शक्तिको नशामा नेपाली कांग्रेसको नेतुत्वमा हाँसिल राजनीतिक उपलब्धि देश र जनताले उपभोग गर्न पाउने नैसर्गिक अधिकार नखोस्न समेत सरकारलाई चेतावनी दिए ।
त्यस्तै, सभालाई सम्बोधन गर्दै उपाध्यक्ष उत्तम चापागाईंले सरकारको यस्तै रवैया रहे त्यसकोविरुद्ध नेपाली जनता एक हुने समय आएको प्रष्ट पारे ।
त्यस्तै तरुण दल कोषाध्यक्ष बिद्वान गुरुङले अखिल अध्यक्ष नबिना लामालाई प्रश्न गरे, ‘तपाईको बिहे भएको १ बर्ष बितिसक्दा पनि हनिमुन सकिएन ? हिजो १ रूपैया पेट्रोलमा वृद्धि हुँदा सडकमा आउने आज पटकपटक मूल्य वृद्धि हुँदा किन चुप हुनुहुन्छ ?
अध्यक्ष बस्नेतले निर्मलाका बुबा आमालाइ भने, ‘निर्मलाका अपराधी तरुण दलले खोज्छ’
तरुण दलको कार्याक्रमका लागि धनगढी पुगेका अध्यक्ष बस्नेतले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमा बुबालाई समेत भेटेका थिए । अध्यक्ष बस्नेतले छोरीको न्याय माग्दै धर्नामा बसेका पन्तका बाबु आमालाई कञ्चनपुरको धर्नास्थल मै पुगेर भेटेका थिए । उक्त भेटमा अध्यक्ष बस्नेतले निर्मलाका बुबा अमालाई भने, ‘ निर्मला हाम्रो बहिनी हो तरुण दलको बहिनि हो, न्याय सरकारले नदिए अब तरुण दलले दिनेछ । अपराधी जो कोहि होस सरकारले कारबाही गरोस हैन भने तरुण अब चुप लागेर बस्दैनन् ।’