मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस वरिष्ठ नेता पौडेलले राखे महाधिवेशनको माग, महाधिवेशन कार्यतालिकासहित राखे ८ बुँदे प्रस्ताव



काठमाडौं माघ, १५–
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ मा पार्टीको १४ औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार उनले महाधिवेशनको तालिका प्रस्ताव गरे पनि सभापति शेरबहादुर देउवाले त्यसलाई ठाडै अस्वीकार गरेका छन् ।

देउवाले साढे ५ वर्षमा मात्रै महाधिवेशन हुने बताए । ‘उहाँले (पौडेल) पढ्नुभयो, सकियो । महाधिवेशन साढे ५ वर्षमा मात्रै हुन्छ,’ देउवाको भनार्ई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए ।

अग्रिम महाधिवेशनको माग गर्दै पौडेल पक्षले देउवाको जवाफबाट असन्तुष्ट बनेको छ । पौडेलले कार्यकाल बढाउनु अनैतिक हुने भन्दै आलोचना गरेका छन् । यो समाचार कुलचन्द्र न्यौपानेले लेखेका छन् ।
कस्तो छ तपाईंको आजको राशिफल ?

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  २ : २२ बजे