मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री निवासबाहिर नेविसंघको सिट्ठी जुलुस, प्रहरीद्वारा दर्जनौ विद्यार्थी पक्राउ



काठमाडौं माघ, १५–
सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको नेपाल विद्यार्थी संघका १ दर्जन कार्यकर्ता पक्राउ परेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सिट्ठी जुलुस गरिरहेको अवस्थामा नेविसंघका पूर्वकेन्द्रीय सदस्य गणेश सापकोटासहित करिब ३० जना पक्राउ परेको नेविसंघले जनाएको छ । कांग्रेस भातृसंगठन समेत रहेको नेविसंघ डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै पछिल्ला दिनमा निरन्तर सरकार विरोधी आन्दोलनमा संलग्न छ ।

संसदले पारित गरेको चिकित्सा विधेयक पूर्वसम्झौता अनुरुप नभएको र सरकारले अधिनायकवादी शैली अपनाएको भन्दै देशैभर आन्दोलित भएका नेविसंघका कार्यकर्ता काठमाडौं लगायत धेरै जिल्लामा आन्दोलित रहेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  ८ : १२ बजे