मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शहिदहरुको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको छः प्रधानमन्त्री ओली



काठमाडौं माघ, १६–
प्रधानमन्त्री केपी ओलीले शहीदहरूको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्तिहरू परास्त भएको बताएका छन । शहीद दिवसका अवसरमा बुधबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन ।

राणा शासनविरुद्ध वि.सं. १९९७ मा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले गरेको बलिदानीको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उनीहरूको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको उल्लेख गरे ।

‘पुस्तौंदेखि अनवरत् रुपमा लोकतन्त्रका निम्ति संघर्ष गर्दै नेपाली समाज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ युगमा आइपुगेको छ’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन, ‘राजनीतिक संक्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लगि केन्द्रीकृत भएका छौं । त्यसैले वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको ध्येय सम्पूर्ण राष्ट्रको साझा लक्ष्य बन्न पुगेको छ ।’

दशकौं अघि क्रान्तीवीरहरूले देखेको राजनीतिक अधिकार प्राप्तीको सपना साकार भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले समाज रुपान्तरण र देश निर्माणको प्रक्रियामा सहभागी भएमा शहीदहरुप्रति सच्चा श्रद्धान्जली व्यक्त गरेको ठहरिने प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

‘यस परिप्रेक्ष्यमा म देशको आर्थिक सामाजिक रुपान्तरणको प्रकृयामा सहभागी भई नेपाल आमाका ती महान सपुतहरुप्रति साँचो अर्थमा श्रद्धाञ्जलि अर्पण गर्न सबैमा आव्हान गर्दछु’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार  २ : ३० बजे