मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेजको १७ औं बार्षिक उत्सव सम्पन्न



विराटनगर माघ, १७–
शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेजले आफ्नो १७ औं बार्षिक उत्सव भव्य रुपमा मनाएको छ । बुधबार कलेजका अध्यक्ष मीता आचार्यको सभापतित्वमा सम्पन्न उक्त समारोहको प्रमुख अतिथि वरिष्ठ समाजसेवी शान्ता घिमिरे रहेकी थिईन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले विद्यार्थी, कर्मचारी तथा उपस्थित सबैलाई निकै उत्प्रेरणामूलक बिचार व्यक्त गरेकी थिईन् । त्यस्तै, कलेजकी अध्यक्ष मीता आचार्यले शहीदहरु तथा संस्थाकाबारेमा प्रकाश पारेकी थिईन् ।

कलेजका प्रिन्सिपल सन्तबहादुर अधिकारीका अनुसार उक्त कार्यक्रममा स्थानिय, विद्यार्थीका अभिवावक, कलेजका विद्यार्थी तथा स्थानिय वुद्धिजिवीको उपस्थिति रहेको थियो । कार्यक्रममा सि.टी.ई भि.टी प्रदेश १ कार्यालयका प्रमुख डा. शिव प्रसाद दाहाल तथा तोरेन्द्रमान सिंह प्रधान बिशिष्ट अतिथिको रुपमा सहभागी रहेको प्रिन्सिपल अधिकारीले बताए । कार्यक्रम संयोजक जबहर लाल मण्डलले कलेजको वर्तमान अवस्था र भावी योजनाबारे प्रकाश पारेका थिए । त्यस्तै, प्रिन्सिपल अधिकारीले कलेजको विभिद बिषयमा प्रकाश पारेका थिए । सहायक प्रिन्सिपल सुनिता राउतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नर्सिङ कोर्डिनेर अजिता मोक्तानले समेत मन्तव्य राखेकी थिईन् । उक्त अवसरमा बिशिष्ट अतिथि तोरेन्द्रमान सिंह प्रधानले विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुले गरिव तथा विपन्न व्यक्तिहरुलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको प्रिन्सिपल अधिकारीले बताए । उनका अनुसार उक्त अवसरमा ४५ उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
करिब १७ बर्ष पहिले वि.स. २०५८ सालमा स्थापना भएको यो कलेज पिताजी कृष्णप्रसाद कोइराला ट्रष्ट तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को साझेदारीमा यो कलेज संचालन हुँदै आएको छ । पिताजी कृष्णप्रसाद कोइराला पूर्व प्रधानमन्त्रीहरु जननायक विशेश्वर प्रसाद कोइराला, मातृका प्रसाद कोइराला  तथा गिररिजा प्रसाद कोइरालाका पिता हुन् । स्थानिय वासिन्दाले कृष्णप्रसाद कोइरालालाई समाजसेवी तथा आफुहरुका समेत अभिवावकका रुपमा लिने गर्छन । पिताजी कृष्णप्रसाद कोइराला ट्रष्टको समेत साझेदारीमा आफ्नो गाँउठाँउमा संचालित कलेजबाट सथानिय निकै हर्षित छन् । उनीहरुले आउने दिनमा कलेजले अझैं प्रगति गर्दै जानेमा समेत विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहिबार  ६ : १८ बजे