राणा र लोहनीको राप्रपा एक हुँदै, अब बन्ने पार्टीको नाम राप्रपा उदारवाद



काठमाडौं माघ, १७–
पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले  नेतृत्वको  गरेका दुई राप्रपा एकिकरण हुने भएका छन् ।
शुक्रबार घोषणा हुने एकिकरणबाट बन्ने एकीकृत पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी उदारवादी’ राख्ने सहमति भएको छ ।

त्यस्तै, एकीकृत पार्टीको बैचारिक गन्तव्य हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र बनाउन दुवै पार्टी सहमत भएको राप्रपा प्रजातान्त्रिकका एक नेताले जनाए ।
पार्टी एकताको अन्तिम तयारीस्वरुप बिहिबार  दिउँसो दुवै पार्टीका पदाधिकारीको संयुक्त बैठक बस्दैछ ।
पदाधिकारी बैठकमा एकता प्रकृयाका बाँकी काम टुङग्याउने र दस्तावेजहरुमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको बुझिएको छ । तत्काललाई एकीकृत पार्टीमा अध्यक्ष दुवैजना राणा र लोहनी हुनेछन् ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहिबार  ६ : ३१ बजे