मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिकित्सा शिक्षा विधेयकमा कांग्रेसको संशोधन प्रस्ताव दर्ता



काठमाडौं माघ, १७–
नेपाली कांग्रेसले राष्ट्रियसभामा पुगेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा दुईवटा संशोधन दर्ता गरेको छ । बिहीबार कांग्रेस सांसद राधेश्याम अधिकारीले संशोधन दर्ता गरेको संसद सचिवालयले जनाएको छ ।
कांग्रेसकै सरिता प्रसाईं, प्रकाश पन्थ र बद्रीप्रसाद पाण्डेले विधेयकमा संयुक्त रुपमा अर्को छुट्टै संशोधन दर्ता गरेका हुन ।

सरकार समर्थक दल राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद वृषेशचन्द्र लालले बुधबार संसद सचिवालयमा संशोधन दर्ता गराएका छन् । लालले विधेयकको प्रस्तावना, दफा १३, १५ र ४६ मा संशोधन दर्ता गराएका हुन् ।

तीन वटै संशोधनमा एउटा विश्वविद्यालयले पाँच भन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नपाइने उल्लेख छ ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिल्लो सदनबाट पारित हुने भएको छ । मध्यान्ह दुई बजे बोलाईएको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजममणि पोखरेलले विधेयक पारितहोस् भन्ने प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधबीच प्रतिनिधिसभाबाट पारित भएको विधेयक गत सोमबार राष्ट्रियसभामा प्रस्तुत भएको थियो ।

सम्झौता विपरीत विधेयक ल्याइएको विरोधमा डा. गोविन्द केसी २३ दिनदेखि अनसनमा छन् । दुबै संशोधनमा डा. केसीले उठाएका मुद्दालाई सम्बोधन गरिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहिबार  ७ : २२ बजे