गोविन्द केसीको जीवन रक्षाको मागसहित कांग्रेसद्वारा संसद अवरुद्ध



काठमाडौं माघ, १७–
प्रमुख विपक्षी नेपाली कांग्रेसले गोविन्द केसीको जीवन रक्षाको माग गर्दै संसद अवरुद्ध गरेको छ । बिहिबार संसद बैठकको सुरुमै सभामुखले मिनेन्द्र रिजाललाई बोल्न दिएका थिए । सांसद रिजालले संसदबाट चिकित्सा शिक्षा गलत प्रक्रियाले पारित भएको भन्दै त्यसलाई परिमार्जन गरेर डा। गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने बताए । ‘गोविन्द केसीको ज्यान रक्षा गर्नुपर्छ, चिकित्सा जसरी यहाँबाट पारित भयो, त्यो गलत भयो, अब त्यसलाई परिमार्जन गरेर गोविन्द केसीको जीवन रक्षा हुने, चिकित्सा शिक्षा सुधार हुने बाटो बन्द नगरौं । राष्ट्रिय सभाले त्यो बाटोले लेओस् भन्ने सत्ताको आग्रह रहनुपर्छ’ उनले भने ।
सांसद रिजाल बोले लगत्तै कांग्रेस सांसदहरु उभिएपछि संसद अवरुद्ध भएको हो । कांग्रेस सांसदहरु लगातार उभिईराखेपछि सभामुख कृष्णबहादुर महराले माघ २० गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

प्रकाशित मिति : माघ १७, २०७५ बिहिबार  ७ : ५६ बजे