काठमाडौं माघ, १७–
नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक पनि अवरुद्ध पारेको छ । बिहीबार कांग्रेसले गोविन्द केसीको जीवन रक्षाको माग गर्दै बैठक अवरुद्ध पारेको हो । राष्ट्रियसभामा बिहीबार चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची छ ।
सरकारले प्रतिनिधिसभाबाट पारित गरेको विधेयक राष्ट्रियसभामा पेश भइसकेको छ ।
राष्ट्रियसभा बैठक सुरु हुनेवित्तिकै नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले समय लिएर बोल्दै केसीसँग वार्ता गर्न आग्रह गरे । उनले आजैका दिनदेखि वार्ता टोली गठन गरेर केसीसँग वार्ता गर्न आग्रह गरे ।
उनले प्रतिनिधिसभाभन्दा राष्ट्रियसभा परिपक्व भएकाले चिकित्सा शिक्षा विधेयकलाई परिमार्जन गर्नुपर्ने बताए । सांसद देवले विधेयकलाई विधायन समितिमा पठाउन माग गरे ।