मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको विरोधका बाबजुद राष्ट्रियसभाबाट पनि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित



काठमाडौं माघ, १७–
राष्ट्रियसभाबाट पनि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुद राष्ट्रियसभाबाट विधेयक पारित भएको हो ।
अब राष्ट्रपतिले प्रमाणित गरेपछि विधेयक लागू हुनेछ । प्रतिनिधिसभाबाट सन्देससहित राष्ट्रियसभामा पठाइएको विधेयक बहुमतले पारित भएको हो ।
चिकित्सा शिक्षा विधेयकमाथि राष्ट्रियसभामा दुईवटा संशोधन प्रस्तावसमेत दर्ता भएको थियो । तर, दुबै संशोधन प्रस्तावलाई अध्यक्ष गणेश तिमिल्सिनाले निर्णयार्थ पेश गरेका थिए । दुबै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

बिहीबार राष्ट्रियसभाको बैठकभरी नेपाली कांग्रेसका सांसदहरु भने उभिएरै विरोध जनाइरहेका थिए ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहिबार  ९ : ५१ बजे