मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोलीसहित समातिए नेकपाका प्रवक्ता प्रकाण्डका छोरा



काठमाडौं माघ, १८–
विप्लव नेत्रृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा गोलीसहित पक्राउ परेका छन् । प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्मालाई बिहीवार साँझ विराटनगरबाट काठमाडौं जाने क्रममा गोलीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कालीकोट स्थायी ठेगाना भएका २७ वर्षीय विश्वकर्माको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली फेला परेको प्रहरीले जनाएको छ ।
विश्वकर्माको साथमा रहेको झोला चेकजाच गर्ने क्रममा गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विश्वकर्मा विराटनगर विमानस्थल हुँदै यती एयरलायन्सको जहाजबाट साँझ ५ः५५ को फ्लाइटमा काठमाडौं जाने तयारीमा थिए । विमानस्थल भित्र हुने चेकजाँचका क्रममा गोलीसहित भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । विश्वकर्मालाई मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार  ५ : ०७ बजे