मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पार्दै नेपाल चिकित्सक संघ



काठमाडौं माघ, १८–
आजबाट नेपाल चिकित्सक संघले देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएको छ । चिकित्सक संघले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै सेवा ठप्प पार्न लागेको जनाएको छ । त्रिवि शिक्षण अस्पतालसहित देशभरका अस्पतालमा रिले अनसन बसिरहेको संघले माग सुनुवाइ नभएको भन्दै कडा संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो ।

संघका महासचिव डा. लोचन कार्कीले २५ दिनदेखि अनसनरत केसीको जीवन रक्षा गर्न सरकार गम्भीर नबनेपछि बाध्य भएर कडा संघर्षको कार्यक्रम सार्वजनिक गर्नुपरेको बताए । देशभरका सरकारी, गैरसरकारी तथा निजी मेडिकल कलेजका आकस्मिक सेवा सञ्चालन गर्न नरोके पनि ओपीडीलगायतका सेवा बन्द हुने जानकारी डा. कार्कीले दिए ।

संघले वार्ता र संवादबाट तत्काल समस्याको समाधान खोज्न सरकारलाई आग्रहसमेत गरेको छ । अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने संघको भनाइ छ ।

संघले थप संघर्षका कार्यक्रम घोषणा गरे पनि त्रिवि शिक्षण अस्पताललगायतले बन्द, हडताल नगर्न अपिल गरेका छन् । त्रिवि शिक्षण अस्पतालले बन्द, हडताल निषेध गर्दै त्यसविपरीत प्रस्तुत हुने चिकित्सक तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार  ५ : ३१ बजे