काठमाडौं माघ, १८–
कलाकार बीएस राणाको निधन भएको छ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार राणाको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको हो । करिब एक साता अघि स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।
कलाकार राणाले दर्जनौ नेपाली चलचित्रमा अभिनय गरेका छन् । उनले अभिनय गरेका चलचित्रहरुमा ‘दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ आदि रहेका छन् ।
१८ माघ २०७५, शुक्रबार
0
Shares