विदेशी कूटनीतिज्ञहरुसँग छलफल गर्दै सरकार



काठमाडौं माघ, १८–
सरकारले नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग छलफल गर्ने भएको छ ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कूटनीतिज्ञहरुलाई ब्रिफिङ गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पछिल्लो पटक राष्ट्रसंघ, युरोपियन युनियन र ७ देशले नेपालको शान्ति प्रक्रियाबारे संयुक्त वक्तव्य निकालेका थिए । साथै भेनेजुएला प्रकरणमा नेपालको धारणालाई दिएरपनि अन्तराअष्ट्रिय समुदायले चासो देखाएका छन् । त्यही बेला सरकारले कूटनीतिज्ञहरुलाई बोलाएर आफ्नो धारणा राख्न खोज्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार  ६ : २५ बजे