मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोविन्द केसीको माग पुरा गर्नुपर्ने भन्दै कांग्रेसद्वारा प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध



बुटवल माघ, १८–
प्रदेश ५ को प्रदेशसभा बैठक नेपाली नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको छ । कांग्रेसले अनशनरत डा. गोविन्द केसीको माग पुरा गर्नुपर्ने र राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई परिमार्जन गर्नुपर्ने लगायतका माग राख्दै विरोध जनाएको हो ।

सभामुख पूर्णबहादुर घर्तीले कांग्रेसको विरोधपछि प्रदेशसभाको बैठक माघ २२ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

डा. केसीसँग भएको सहमतिलाई सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै काँग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभामा पनि विरोध जनाउँदै आएको बैठकको सुरु हुनासाथ नेपाली कांग्रेस सदस्यहरुले विरोध जनाएका थिए ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार  ९ : ३२ बजे