मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन नेकपाका सांसदलाई प्रधानमन्त्री ओलीको निर्देशन



काठमाडौं माघ, १८–
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सही बाटो र सही नीति लिएको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपां) का सांसदहरुसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले कुनै पनि बिषयलाई राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन आग्रह गरेका छन् । पार्टीको नीति र विधिभित्र रहेरआफ्ना कुरा राख्न प्रधानमन्त्री ओलीले सांसदहरुलाई सम्झाएका छन् । ‘पार्टीको एकता प्रक्रिया टुंगोमा नपुग्दा केही अन्यौल भएको छ तर, अब चाँडै यो प्रक्रियाले अन्तिम रुप लिन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसपछि पार्टीका नीति निर्देशन, स्थानीय तहमा पुग्छन् । त्यसपछि स्थानीय तहहरुलाई निर्देशित गर्न पनि सजिलो हुन्छ ।’
प्रधानमन्त्री ओलीले समय मिलाएर संसदीय दलको बैठक नियमित राखिने,संसदहरुलाई विभिन्न बिषयमा प्रशिक्षित गरिने बताएका छन् । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई सांसदहरुसँग घनिष्ट सम्बन्ध राख्न आग्रह गरेका छन् । ‘कतिपय अवस्थामा मन्त्रीहरु सिधै जनतासँग जोडिन सकेका हुदैनन् ,त्यसका लागि सांसदहरु मार्फत मन्त्रीहरुले जनताका कुरा सुन्ने र आफ्ना कुरा जनताा पठाउने हो’ प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार  १० : २१ बजे