पोखरा माघ, १९–
नेपाल विद्यार्थी संघले देशभर सरकारविरुद्ध प्रदर्शनलाई तिव्र बनाएको छ । संसदबाट पारित भएको राष्ट्रिय चिकित्सा विधेयकको विरोध तथा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल विद्यार्थी संघले देशैभर प्रदर्शन थालेको हो । नेपाल विद्यार्थी संघले आज पोखरामा जिल्ला शिक्षा कार्यालयको गाडी जलाएका छन् । नेविसंघ केन्द्रीय समितिको विज्ञप्ति अनुसार आज देशैभर सरकारी गाडी चल्न नदिने नीति अनुसार गाडी जलाएको नेविसंघले जनाएको छ ।
नेविसंघले यसअघि नै विज्ञप्ति जारी गर्दै सरकारी गाडी नचलाउन भने पनि अटेर गरि चलाएकाले गाडी जलाएको जनाएको छ । नेविसंघले पोखरामा जिल्ला शिक्षा कार्यालयको बा १ज ५८८६ नं. को गाडीलाई जलाएको हो । नेविसंघका नेता परशुराम बस्नेतका अनुसार आफूहरुको आबाजलाई नसुनी मनपरि तवरले गाडी चलाएपछि कास्की जिल्लाका जिल्ला शिक्षा अधिकारीको गाडी जलाईएको हो । उनले भन, ‘ हाम्रो पूर्व घोसित आवाजलाई अटेर गरेकाले जिल्ला शिक्षा अधिकारीको गाडी जलाएको हो । ’









