मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु



काठमाडौं माघ, २०–
भारतको बिहारमा रेल दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी कम्तिमा ६ जनाको मृत्यु भएको छ । आइतबार बिहान जोगबनीबाट आनन्द बिहार जाँदै गरेको सीमाञ्चल एक्सप्रेसको रेल बैशाली भन्ने स्थानमा दुर्घटना भएको हो ।

रेलका नौ डिब्बा लिकबाट उछुट्टिएका छन् । पूर्वमध्य रेलवेका एक अधिकारी राजेश कुमारले दुर्घटनामा ६ जनाको मृत्यु भएको र धेरै यात्रु घाइते भएको जानकारी दिएका छन् ।

धेरै यात्रुहरु डिब्बामा फसेका थिए उनीहरुलाई सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले उद्धार गरेको छ । साथै रेलवेका उच्च अधिकारीहरु पनि घटनास्थल पुगेका छन् । रेल दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ५ : ३१ बजे