मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले आजदेखि संसद अवरोध नगर्ने



काठमाडौं माघ, २०–
निरन्तर संसद अवरोध गर्दै आएको प्रमुख विपक्षी नेपाली कांग्रेसले आजबाट संसदमा अवरोध नगर्ने भएको छ । आइतबार बस्ने संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता सम्बोधन गर्ने तय भएको छ । दिउँसो ३ बजे बस्ने बैठकमा देउवाले सम्बोधन गरे लगत्तै संसद सुचारु हुनेछ ।

गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल केन्द्र सरकार मातहतमा राख्नुपर्ने माग सम्बोधन भएपछि कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षालाई मुद्दा बनाएको थियो । डा. केसीले एकतर्फी रुपमा अनसन तोडेपछि कांग्रेसले संसदमा अवरोध नगर्ने भएको हो । मुख्य सचेतक बालकृष्ण खाँडले संसदीय दलको नेता देउवाले सम्बोधन गरेपछि संसद सुरु हुने जानकारी दिए ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ५ : ४३ बजे