मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारविरुद्ध विराटनगरमा कांग्रेसको भव्य प्रदर्शन



विराटनगर माघ, २१–
प्रमुख प्रतिपिक्षी नेपाली कांग्रेसलेले आज ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकारले महंगी, भ्रष्टचार नियन्त्रण गर्न नसकेको तथा सुरक्षा व्यवस्था समेत मिलाउन नसकेको भन्दै कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको जनाएको छ । सोमबार विराटनगरमा पनि नेपाली कांग्रेसले सरकारविरुद्ध भव्य प्रदर्शन गरेको छ । स्थानिय विरेन्द्र सभागृहबाट सुरु भएको विरोध र्यालली ट्राफिक चोक हुँदै संसारीमाई चोकमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले वर्तमान सरकारको चर्को आलोचना गरेका थिए । उनले सरकारले महंगी र भ्रष्टचार नियन्त्रण गर्नुको साटो झन बढोत्तरी गरेको आरोप लगाए । उनले सरकारका यस्ता गैरजिम्मेवारी कामको कांग्रेसले निरन्तर विरोध गर्ने र सरकारलाई जनहितमा काम गर्न बाध्य पार्ने बताए ।

त्यस्तै, कांग्रेस नेता समेत रहेका विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले सरकारले निर्मला पन्तलाई न्याय दिननसक्नु, भ्रष्टचारीलाई कारबाही गर्न नसक्नु तथा गोविन्द केसीलाई न्याय दिनुको साटो माफियाहरुको हितमा काम गर्नुले सरकारको वास्तविक रुप छर्लङ्ग भएको बताए । उनले सरकारले जनहितको पक्षमा सिन्को भाँच्न नसकेको आरोप लगाए ।

उनले सरकारविरुद्ध कांग्रेसले निरन्तर खबरदारी गरिरहने समेत जानकारी गराए । कार्यक्रमलाई प्रदेशसभाका सदस्य केदार कार्की  हसन अन्सारी लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ७ : ५६ बजे