मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपी ओलीलाई कांग्रेसले सोध्योः वाइडबडी काण्ड कता हरायो ?



काठमाडौं माघ, २१–
काठमाडौं कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वाइडबडी काण्ड कता हरायो ? भनेर प्रश्न गरेको छ । सरकारविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शनमा उत्रिएको नेपाली कांग्रेसले काठमाडौंमा प्रदर्शन गर्दै उक्त प्रश्न गरेको हो । ७७ वटै जिल्लामा छुट्टाछुट्टै विरोध सभा गर्नका लागि सबै कांग्रेस केन्द्रीय सदस्यहरु विभिन्न जिल्लामा गएका छन् । कांग्रेसले काठमाडौं उपत्यकामा छुट्टाछुट्टै कार्यक्रम गरेको छ । यसअघि काठमाडौं उपत्यकामा एक ठाउँमा मात्रै कार्यक्रम हुँदै आएको थियो ।
काठमाडौं कांग्रेसले वाइडबडी भ्रष्टाचारीलाई कारबाही गर्न , निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही , साढे ३३ किलो सुनकाण्डका गिरोहलाई कारबाही गर्न लगायका माग गर्दै शान्तिवाटिकामा विशाल प्रदर्शन गरेको छ ।
सरकार मुछिएका विभिन्न भ्रष्टाचार र विभिन्न आपाराधिक गतिविधिमा व्यहोरेको असफलताका विषयहरुलाई कार्टुन, चित्र र प्लेकार्ड मार्फत कांग्रेस कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । उनिहरुले प्रधानमन्त्री ओलीजी १ वाइडबडी काण्ड कता हरायो भ्रष्टाचारीको घेराबन्दीमा सरकार रमायो जस्ता प्ले कार्ड प्रदर्शन गरेका छन् ।

काठमाडौंको प्रदर्शनान पूर्व महामन्त्री प्रकाशमान सिंह लगायतका नेताहरुले सम्बोधन गर्ने काठमाडौं कांग्रेसका अध्यक्ष सबुज बानियाले बताए ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ८ : २६ बजे