काठमाडौं माघ, २२–
नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले कांग्रेसलाई शक्तिशाली र ठूलो पार्टी बनाउन कांग्रेसको मुहानै सुधार्नु पर्ने बताएका छन् । उनले कांग्रेस कमजोर हुँदा मुलुकलाई नै ठूलो क्षति भैरहेको बताए । मंगलबार धनकुटामा आयोजित कांग्रेसको भेलालाई सम्बोधन गर्दे नेता सिटौलाले कांग्रेस कमजोर हुँदा नेकपाको दुई तिहाईको सरकार अलोकतान्त्रिक हुन थालेको बताए । उनले भने, ‘ओली सरकारले जनहित विपरित निर्णयहरु धमाधम गर्दै आएकाले लोकतान्त्रिक मार्ग ल्याउन र मुलुकमा आर्थिक अभियान संचालन गर्न अब कांग्रेस दह्रो र शक्तिशाली हुन आवाश्यक छ ।’
पार्टीमा गुट उपगुटको अन्त्य गर्दै नयाँ ढंगले संगठित हुनुपर्ने र त्यसका लागी पार्टीमा समान अवसर समान सहभागी क्षमताको आधारमा जिम्मेवारी सवैलाई दिनु पर्ने नेता सिटौलाको भनाइ छ । उनले मुलुक र यूवाहरुको भविष्यका लागि कांग्रेसलाई सुर्धान अव युवाहरुलाई जिम्मेवारी दिनु पर्नेमा जोड दिए । त्यसका लागी यूवाहरुले हस्तक्षेपकारी भूमिकासाथ नेतृत्व लिनुपर्ने सिटौलाको भनाइ छ ।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतामा भएको भेलामा महासमिति सदस्य नेता आनन्द सन्तोषी राई, पूर्व सभापति हरी कुमार राई , सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्य गोर्ख वहादुर पिठाकोठे,नेपाल शिक्षक संघ धनकुटका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु लगायतले नेपाली कांग्रेसले देशव्यापी रुपमा सशक्त प्रतिपक्षको भूमिका खेल्नुपर्ने बताए ।