मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसदको प्रश्न बर्षिएपछि गृहमन्त्री अलमलिए



काठमाडौं माघ, २४–बुधबारको प्रतिनिधिसभाको बैठकको शुरुमा नै सांसदका निरन्तर प्रश्नले गृहमन्त्री रामबहादुर थापा अलमलमा पर्नुभयो । यो समाचार आजको नेपालसमाचारपत्रमा  छ ।

मन्त्रीले ल्याएको जानकारी र तथ्यांकभन्दा पनि सांसदहरुले अन्य जानकारी मागेपछि मन्त्री अलमलमा परेर के जवाफ दिने भन्नेमा अलमलमा पर्नुभएको थियो ।

सांसदहरुले आफ्नै स्थानबाट प्रश्न गरेका थिए । सांसदको प्रश्न सकिएपछि जवाफ दिन गृहमन्त्रीले अटेर गरेझैँ गरे पनि जवाफ दिन वाध्य हुनुपरेको थियो । प्रश्न अप्ठेरो भएको र सत्यतथ्य जवाफ के दिने भन्ने टुंंगो नहुँदा सभामुख कृष्णबहादु महाराले पटकपटक मन्त्रीलाई दिन आग्रह गर्नुपरेको थियो ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार  २ : ३४ बजे