मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वअर्थमन्त्री अधिकारीलाई मेडिसिटीबाट ह्याम्स अस्पताल सारियो, मेडिसिटीले उपचारमा लापरबाही गरेको आरोप



काठमाडौं माघ, २५–
पूर्वअर्थमन्त्री तथा नेकपा नेता भरतमोहन अधिकारीलाई मेडिसिटी हस्पिटलबाट ह्याम्स अस्पताल, धुम्बराहीमा सारिएको छ । करिब एक महिनादेखि मेडिसिटी हस्पिटल उपचाररत अधिकारीलाई ह्याम्स अस्पताल सारिएको हो ।
नेकपाका केन्द्रीय सदस्य सूर्य थापाका अनुसार उपचारबाट अपेक्षित लाभ नमिलेपछि ह्याम्स सारिएको हो । उनले मेडिसिटीमा अधिकारीको उपचारमा लापरबाही भएको आरोप लगाएका छन् । अहिले ह्याम्स अस्पतालमा अधिकारीको उपचारमा डा. भगवान कोइराला, डा. मनबहादुर केसी र डा. अर्जुन कार्की लगायत सहभागी छन् ।

नेता सामाजिक सञ्जाल मार्फत अधिकारीको उपचारको बारेमा जानकारी गराएका हुन् । उनले लेखेका छन्, ‘बितेको एक महिनाको अवधिलाई विचार गर्दा मेडिसिटीले उहाँको उपचारमा घोर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेको अनुभूति जो कोहीलाई भएको छ’, उनले नेता अधिकारीलाई ह्याम्स सारिएको जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन् ।

अधिकारीको उपचार गराइरहँदा पनि अस्पतालले कुनै सूचना उपचार बुलेटिन ननिकालेको बताउँदै उनले प्रश्न गरेका छन्, ‘फोक्सोमा जमेको कफसमेत ननिकाली अस्पतालमा के उपचार गरिएको होला ?’

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ८ : ३३ बजे