कठ्माण्डौ-
नेपाली काङ्गेसका पूर्ब सभापति सन्त नेता तथा संविधानका पिता पूर्ब प्रधानमन्त्री सुशिल कोइरालाको तेस्रो स्मृति दिबसको अबसरमा कोइराला निबास महाराजगंन्ज चक्रपथमा दीप प्रज्वलन गरी कोइरालालाई स्मरण गरिएको छ ।
सुशिल कोइराला सोसलीष्ट युथ सर्कलको आयोजनामा भएको कार्यक्रममा नेपाली काङ्गेस र नेबिसंघका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रम लाई शिक्षक संधका अध्यक्ष मोहन ज्ञावली नेपाल बिधार्थी संघका पूर्ब महामन्त्री गजेन्द कार्की, नेपाल बिधार्थी संघका उपाध्यक्ष निलकण्ठ रिजाल लगाएतका नेताहरुले सम्बोधन गर्दै स्वर्गिय कोइरालालाई स्मरण गरेका थिय ।
बक्ताहरुले सुशिलदाको कारणले मात्र देशले संविधान पाएको समेत स्मरण गराए । सुशिल कोइराला जस्तो सन्त नेता काङ्ग्रेसमा अब सायदै नजन्मिने र उनले गरेको कामको प्रशन्सा समेत गरे ।