दाङ माघ, २७–
घोराहीको खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था नयाँ नेतृत्वमा प्रजातान्त्रिक ग्रुपको प्यानलै विजयी भएको छ ।
आइतबार प्राप्त मत परिणाम अनुसार कांग्रेसको समर्थन रहेको पुरै प्यानल विजयी भएको हो।
अध्यक्षमा देवीबहादुर डिसी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत रेवतीरमण भट्टराईले जानकारी गराए । यो संस्थामा उनको यो लगातार छैठौं कार्यकाल हो।
अध्यक्षमा विजयी भएका देवीबहादुर डिसीले १९९६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी गणेशप्रसाद श्रेष्ठले ९७६ मत मात्रै प्राप्त गर्न सके। उनीहरू बीचको मतान्तर आधाभन्दा बढी छ।
त्यस्तै, उपाध्यक्षमा विजयी भरतमणि पाण्डेले १७७१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी मधुसुदन शर्मा अर्यालले जम्मा ९७६ मत मात्रै प्राप्त गर्न सके।
त्यस्तै सचिवमा सुजन पाण्डे, कोषाध्यक्षमा ध्रुव केसी निर्वाचित भएका छन्। सदस्यहरूमा धमेन्द्र श्रेष्ठ, नारायण भण्डारी, यशोदादेवी पाण्डे, खुमा खड्का थापा मगर र लक्ष्मीसिंह ठकुरी निर्वाचित भएका छन्।
प्रगतिशील समूहबाट उपाध्यक्षमा मधुसुदन शर्मा अर्याल, सचिवमा निर्मल गौतम, कोषाध्यक्षमा नरबहादुर बुढाथोकी, सदस्यमा दुर्गा खत्री, दिलिप खनाल, विष्णु कालाथोकी, भुमा चौधरी र मनकुमार पुन मैदानमा उत्रिएका थिए।