मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेलमा किनेको औंठीले यसरी करोडपति बनायो



एजेन्सी – ३० वर्षअगाडि एक महिलाले एउटा औंठी किनेकी थिइन् । त्यति बेला कुनै दिन त्यही औंठीले नै उनी करोडपति बन्नेछिन् भन्ने उनलाई थाहा थिएन । वास्तवमा डेब्रा नामकी ती महिलाले एक सेलबाट १० पाउन्डमा उक्त औंठी किनेकी थिइन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

काँचको औंठी ठानेर उनले १५ वर्षेदेखि लगाएकी पनि थिइनन् तर आवश्यक परेर जब उनी त्यसलाई बेच्न गइन्, त्यतिबेला थाहा भयो , त्यो २६ दशमलव २७ क्यारेट हिराको औंठी रहेछ । लिलाममा त्यसको मूल्य ६ लाख ५६ हजार ७ सय ५० पाउन्डसम्म पुग्यो ।

डेब्राकी आमासँग एक ठगले पैसा खाएका थिए, त्यसपछि उनी पैसाको आवश्यक भएर औंठी बेच्न गएकी थिइन । उनले भनिन्, ‘यो औंठी केही डलरमा बिक्री होला र मेरो काम चल्नेछ भन्ने मलाई लागको थियो । गहना पासलेले अत्यन्त आश्चर्य मानी सोधे, थाहा छ यो के हो रु यो हीरा हो । म यति खुशी भएँ कि मलाई थाहा छैन त्यसलाई कसरी व्यक्त गरुँ ।’

औंठीको मूल्य थाहा भएपछि डेब्राले त्यसलाई लिलाम गर्ने निर्णय गरिन् । लिलामको मूल्य र कर तिरेपछि डेब्राले करिब ६० लाख डलर प्राप्त गरेकी थिइन् । उनी आफ्नो घरमा करिब २० बच्चाको रेखदेख पनि गर्छिन् । उनले भनिन्, ‘यो हाम्रो राम्रो कामको फल हो ।’

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ३ : ०१ बजे