मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘नेताहरुमा कुर्सी मोह रहेसम्म जनता गरिव र देश माग्ने भैरहन्छ’: कांग्रेस नेता चन्द्र भण्डारी



गुल्मी फागुन, १–
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सिंहदरबारको कुर्सी मोहले नेपालीहरुलाई गरिव र संसारको राम्रो देशलाई मागेर खाने बनाएको बताएका छन् । मंगलबार गुल्मीको मुसिकोट नगरपालिका २ मा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयको हिरक महोत्सव तथा श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले उक्त कुरा बताएका हुन् । उनले भने, ‘हामी जोसुकै राजनीतिक पार्टीमा विभाजित भएपनि हामी जनता र राष्ट्रको हितका निम्ति र देशका प्रगतिको निम्ति हामीले सोचेनौ केवल सिंहदरबारको कुर्सीलाई मात्र सम्झियौ ।’ कति बेला पार्टीहरु मिल्ने र कति बेला पार्टीहरु फुट्ने गर्दा आफ्नै स्वार्थका लागि जनता र देशमाथि खेलवाड भैरहेको उनको भनाइ थियो ।
पूर्व सांसद समेत रहेका नेता भण्डारीले पूर्वीय दर्शनको चर्चा गदै यसको ठूलो महत्व रहेको बताए । उनले हाम्रो शिक्षा गुरुकुल शिक्षा नितिमा आधारित हुनु पर्नेमा जोड दिदै यूरोप जस्तो देश जहा हिउँ नै हिउँका देशलाई त्यो देश नेताले स्वर्ग जस्तै बनाएको तर आफैमा स्वर्ग, सम्पन्न नेपालका युवाहरु विदेशिनु र अरब जान पर्ने बाध्यता बनाएको बताए । भण्डारीले भने, ‘अब शिक्षामा परिवर्तन गरेर भोलिका दिनमा शिक्षा र स्वास्थ्य व्यवहार र कर्ममा हामीले तन्दुस्त बनाउनु पर्छ ।’

उक्त कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थी,नेकपा मुसिकोट नगरपालिकाका अध्यक्ष खुम बहादुर थापा लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ७ : २४ बजे