मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओबादिले युद्ध शुरु गरेको फाल्गुन १ गते बाटै नेकपा फुट्ने प्रकृया शुरु अब ओलि सरकारका दिनगन्ती शुरु



फाल्गुन १,काठ्माण्डौ-

अघिल्लो चुनाब अघी स्थिर सरकार र सम्बृद्दिको नारा दिएर पार्टी एकताको घोषणा गरेर नेकपा बनाएका तत्कालिन एमाले र माओबादी को एकता झुक्याएर जनाता ठग्न गरिएको नौटङ्की साबित भएको छ । यस अघी देखी नै पार्टी एकता छिट्टै टुङ्याउने बताउदै आएका नेताहरु प्रत्यक बर्ष फाल्गुन १ गते तत्कालिन माओबादिले मनाउने गरेको जनयुद्द दिबश सम्म आइपुग्दा फेरी अलग अलग पार्टिको अभ्यासमा आइपुगेका छन । जनयुद्द दिबश मनाउने क्रममा नेकपा भित्र गम्भिर सैद्दान्तिक मतभिन्नता देखिएको छ ।

जनयुद्ध दिवसको अवसरमा पार्टी मुख्यालय धुम्बाराहीमा भएको कार्यक्रममा दुई अध्यक्ष मध्येका एक प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको अनुपस्थितीमा तत्कालीन नेकपा एमालेका केही नेताहरुलाई राखेर गरिएको जनयुद्ध दिवसको कार्यक्रम पार्टीको निर्णय बमोजिम भएको भनेर प्रचण्डले दाबी गर्दै जनयुद्द दिबषलाई फिका बनाउन प्रधानमन्त्री ओलिले प्रधानमन्त्री रोजगार कार्यक्रम सार्बजनिक गरेको आरोप लगाएका छन । तत्कालिन एमाले बारीष्ट नेता माधब कुमार नेपाल र अन्य थुप्रै नेताहरुले भने-  जनयुद्ध दिवसको कार्यक्रम पार्टीको निर्णय अनुसार नभएको र त्यो पार्टिको कार्यक्रम नभएको टिप्पणी गरेका छन ।जनकपुरधामको वलवा टोलस्थित कविर अनाथ बालबात्सल्य आश्रमका अनाथ बालबालिकाको अवस्था बुझ्न गएका नेपालले भने ‘जनयुद्ध मनाउने निर्णय प्रचण्डजीको निजी निर्णय हो, यसबारे पार्टीमा केही पनि छलफल भएको छैन। पार्टीले निर्णय पनि गरेको छैन, त्यसैले हामी मान्दैनौं।’

जनयुद्द दिबशलाई लिएर सामाजिक सञ्जालहरुमा नेकपा नेकपा नेता कार्यकर्ता हरुको जुवारी नै चलेको देखिएको छ ।केहि समय अघी देखी नै बाझाबाझ गरी रहेका नेताहरु फाल्गुन १ गतेको जना युद्द दिबशबाट अलग अलग परिभाशा र अलग अलग कार्यक्रम सहित पुरानै अवस्थामा फर्केका छन ।

यसलाई पार्टी फुट्ने प्रकृया नै शुरु भएको रुपमा  बुझ्नु पर्ने राजनितिक जानकारहरुले बताएका छन ।

प्रचन्डको बिगत देखिकै अस्थिर चरित्र लाई हेरे पनि अब दुइ पार्टी पुरानै अवस्थामा फर्किने कुरा बुझ्न गाह्रो नभएको उनिहरुको भनाइ छ ।यसले बर्तमान सरकारको निरन्तरतामा नै प्रश्न उठाउने र नेपालको राजनितिमानै ठुलो अस्थिरता ल्याउने सम्भाबना रहेको उनिहरुले बताएका छन ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ३ : १० बजे