ललितपुर फागुन, २–
प्रधानमन्त्री केपी ओलीले पानी जहाज कार्यालयको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार ललितपुरको एकान्तकुनामा पानी जहाज कार्यालयको उद्घाटन गरेका हुन् । एकान्तकुना स्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको हो ।
भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सह सचिवले गर्नेछन् ।
कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी रहेको छ । सोही कार्यालयले पानी जहाज सञ्चालन सम्बन्धी काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।