मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिन्दू राष्ट्रको लागि राप्रपा संयुक्तले आन्दोलन थाल्दै



काठमाडौं फागु, २–
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले हिन्दू राष्ट्रको पुनःस्थापनालगायत विषयलाई अभियानका रुपमा अघि बढाउने भएको छ । राप्रपा संयुक्तले सातै प्रदेशमा यो अभियान लैजान लागेको हो ।
मुलुकमा राष्ट्रियता कमजोर भएको र सामाजिक रुपान्तरण हुन नसकेको अहिलेको अवस्थामा पार्टीका आदर्शलाई देशभर पुर्‍याउने अभियान छिट्टै शुरु गर्न लागेको पार्टीले जनाएको छ।

केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्षद्वय डा प्रकाशचन्द्र लोहनी र पशुपतिशम्शेर जबराले पदवहालीका क्रममा देशको पहिचान कायम राख्न हिन्दू राष्ट्रको महत्व रहेको बताउँदै जनताको विकास र समृद्धि भए मात्र परिवर्तन संस्थागत हुनसक्ने बताए।

हालै एकीकरण भएको उक्त पार्टीले एक महीनाभित्रमा दुवै पार्टीको विधानलाई आधार मानेर आन्तरिम विधान निर्माण तथा एक वर्षभित्रमा एकीकृत पार्टीको महाधिवेशन सम्पन्न गर्नेछ।

यसैबीच कमल थापा नेतृत्वको राप्रपाले हिन्दू राष्ट्र, राष्ट्रिय अखण्डताको रक्षालगायत उद्देश्यले यही फागुन १५ गते ताप्लेजुङदेखि मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा शुरु गर्ने भएको छ। ताप्लेजुङबाट पाँचथर, इलाम, झापासहित तराईका २२ जिल्ला र देशका विभिन्न भाग हुँदै सुदूरपश्चिमको कञ्चनपुर पुग्ने छ। यसपछि कञ्चनपुरबाट सो यात्रा बुटवल पाल्पा, स्याङ्जा, कास्की हुँदै आगामी फागुन २९ गते उपत्यका प्रवेश गर्ने र ३० गते विशालसभा गरी समापन गर्ने छ।

यात्रालाई व्यवस्थित र प्रभावकारी ढङ्गबाट सम्पन्न गर्न केन्द्रमा सचिवालय स्थापना गरी यात्राको सम्पूर्ण तयारी गरिएको राप्रपा संयुक्तले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार  ६ : ३१ बजे