मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१२१ किलोको एउटै माला लगाएर कांग्रेस महामन्त्री कोइरालाले भने-कोइराला परिवार मात्रै होईन सिङ्गो कांग्रेसनै एक हुनुपर्छ



वीरगन्ज-

वीरगन्जमा आयोजित एक कार्यक्रममा  कोइराला परिवारका तीन नेतालाई १२१ किलोको एउटै मालाले स्वागत गरिएको छ। गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइराला, नेताहरु शेखर कोइराला र सुजाता कोइरालालाई लाई एउटै मालाले सम्मान गरिएको हो।

शनिबार कोइराला परिवारका तीन नेता फोटो प्रदर्शनी र तथा विचार गोष्ठी कार्यक्रममा सहभागी हुन् वीरगन्ज पुगेका हुन्। बिरगन्जमा तीन नेतालाई एउटै मालाले सम्मान गरेर कोइराला परिवारको एकताका लागी आग्रह गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले कोइराला परिवार मात्रै नभएर अहिले सिङ्गो नेपाली कांग्रेसनै एकताबद्द हुनुपर्ने आवाश्यकता रहेको बताए । महामन्त्री कोइरालाले कम्युनिष्टहरुले देस चलाउदा देशमा सबैतिर सङ्कट देखिन थालेकाले सिङ्गो नेपाली कांग्रेस एकताबद्द भएर अघी बढ्नु पर्ने समय आएको र त्यसकालागी तयार रहन देशैभरिका नेताकार्यकार्ता हरुलाई आग्रह गरे ।

तेस्तै नेता शेखर कोइरालाले देशमा भ्रस्टाचार महङ्गी र अराजकता बढेको बताउदै यसैगरी मुलुक अघाडी बढ्न नसक्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य सुजाता कोइरालाले कांग्रेसमा कोइराला परिवार एक भएको बताइन्।

यस अघी पनि एस्तै कार्यक्रम मार्फत उनिहरुले कोइराला परिवारको एकता को सन्देश दिदै आएका छन । देशैभरिका कांग्रेस नेताकार्यकर्ताहरुको अनुरोध अनुसार आफुहरु आगामी महाधिबेशन बाट पार्टिको नेतृत्व लिनका लागी एकताबद्द भएर अघाडी बढेको उनिहरुले बताउने गरेका छन ।

देशैभरिका दुख पाएका कांग्रेस नेताकार्यकर्ताहरुलाई न्याय दिन र कांग्रेस पार्टिलाई शसक्त बनाउदै लइजान पार्टिमा आफुहरुको नेतृत्व आवश्यक परेको उनिहरुले ब ताउने गरेका छन ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  १२ : २६ बजे