काठमाडौं फागुन, ५–
युट्युवबाट हटाईएको पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीत बजे माइतीघर मण्डलामा बजाईनेभएको छ । स्वतन्त्र नागरिक समुहले आईतबार अपरान्ह ५ वजे स्पीकर राखेर सार्वजनिक स्थलमा उक्त गीत बजाउने कार्यक्रम राखेको हो । सरकारले प्रतिवन्ध लगाएको शर्माको उक्त गीत सामाजिक सञ्जालमा निकै भाइरल हुँदैगएको छ ।
चर्चित लोकदोहोरी गायक शर्माले तीन दिनअघिमात्रै सार्वजनिक गरेको ‘लुट्न सके लुट’ बोलको गीत उनले आफैं युट्युवबाट हटाएको घोषणा गरेका हुन् । गीतका रचनाकार एवं गायक शर्माले भिडियो हटाए पनि यो गीत सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
गायक शर्माले यो गीत कुनै राजनीतिक दलप्रति लक्षित थिएन भन्दै अब केही शब्दहरु परिमार्जन गरेर ल्याउने जनाएका छन् ।
गायक शर्माले यो गीत आफ्नो रहरले भन्दा पनि नेकपाका कार्यकर्ताहरुको आक्रोश र धम्कीपछि हटाएका हुन् । नेकपा कार्यकर्ताहरुले आपत्ति जनाएपछि शर्माले युट्युवबाट गीत त हटाए, तर यस्तो गीतमाथि सत्तापक्षका कार्यकर्ताहरुको बक्रदृष्टि परेकोमा सोसियल मिडिया तरंगित बनेको छ ।










