मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सांसद अमरेश सिंहद्वारा जनताको बोली बोलेको भन्दै पशुपति शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा



काठमाडौं फागुन, ६–
नेपाली कांग्रेसका अमरेश कुमार सिंहले गीतमार्फत जनताको बोली बोलेको भन्दै गायक पशुपति शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले फागुन महिनाको तलबबाट गायक शर्मालाई २५ हजार दिने घोषणा गरेका हुन् ।

सांसद सिंहले सरकारलाई व्यंग्य गर्दै भने, ‘दुईतिहाइको सरकारको अगाडि त्यस्तो गीत लाउन पाइन्छ ? गाउनेको मुखका ताल्चा र सुन्नेको कानमा मर्करी राख्नु पर्छ ।’

सरकारले गायक शर्माको गीतमा प्रतिबन्ध लगाउन खोजेको आरोप लगाउँदै सांसद सिंहले गायकको गीतलाई प्रतिबन्ध लगाउने सरकारलाई जनताले पनि सम्मान गर्न नसक्ने दावी गरे ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ८ : १८ बजे