मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३२ वर्ष माथिकालाई नेविसंघ नेतृत्व दिए समानान्तर समिति बनाउने कुन्दन काफ्लेको चेतावनी



काठमाडौं फागुन, ६–
नेविसंघमा निवर्तमान महामन्त्री कुन्दन काफ्ले समूहले ३२ वर्षे उमेरहद कायम राखेर तदर्थ समिति गठन गर्न माग गरेको छ। यो समूहले छ महिनाभित्र १२ औं महाधिवेशन गर्ने गरी तदर्थ समिति गठन गर्न समेत माग गरेको छ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेविसंघ विधानअनुसार ३२ वर्षे उमेरहद कायम राखेर तदर्थ समिति गठन गर्न माग गरेको छ।
काफ्लेले ११ औं महाधिवेशनमा आफूले १७ सयभन्दा बढी मत ल्याएकोले त्यसको भावनाअनुसार नै तदर्थ समिति गठन गर्न माग गरे।

उनले भने, ‘त्यसबेला सबभन्दा बढी भोट हामीले ल्याएका थियौं। अब तदर्थ समिति बनाउँदा पनि त्यो मतको कदर हुनुपर्छ ।’
पार्टीभित्र रहेको गुटगट छाया नेविसंघको संगठनमा लाद्न खोजे स्वीकार्य नहुने उनको भनाइ छ ।

उनले ३२ वर्ष माथिका व्यक्तिको हातमा नेविसंघको तदर्थ समिति बनाए समानान्तर समिति गठन गर्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ८ : ५५ बजे