सरकारी चिकित्सकद्वारा सरकारलाई ७२ घण्टे अल्टिमेटम, माग पूरा नभए राजीनामा दिने घोषणा



काठमाडौं फागुन, १२-
सरकारी चिकित्सक संघले आफ्ना माग पूरा गर्न भन्दै सदिनरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।
कर्मचारी समायोजनमा चिकित्सकलाई संघमा राख्नु पर्ने मागसहित सरकारीहरुले निरन्तर आन्दोलन गर्दै आएका छन् ।
आइतबारदेखि लागू गरिएको अल्टिमेटममा ७२ घण्टा सम्ममा पनि माग पूरा नगरिए देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने उनीहरुले प्रष्ट पारेका छन् । त्यसपछि पनि माग सम्बोधन नगरिए सामूहिक राजीनामा दिने उनीहरुले बताएका छन् ।
सरकारी चिकित्सक संघ र नेपाल चिकित्सक संघबीच आज भएको छलफलमा पनि कुनै सहमति नभएपनि संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

कर्मचारी समायोजनमा सरकारी चिकित्सकलाई संघ अन्तर्गत राखेर देशभर स्वास्थ्य सेवामा खटाउनु पर्ने सरकारी चिकित्सक संघको माग रहेको छ ।

चिकित्सकहरुले पुसको अन्तिम सातादेखि आन्दोलन सुरु गरेका हुन् । पुस २९ गते सरकार र संघबीच वार्ता हुँदा माग पूरा गर्ने भन्दै ७ हुँदे सहमति भएको थियो ।

प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार  ७ : ११ बजे