मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्तर कोरियाली नेता किम जोङ उनले ट्रम्पसँग हुने दोस्रो शिखर वार्ताका लागि भियतनाम जान किन रेलनै रोजे ?



एजेन्सि-

विदेश भ्रमण गर्दा रेलकै प्रयोग गर्ने बुवा र हजुरबुवाको शैली पछ्याउदै उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने दोस्रो शिखर वार्ताका लागि रेल चढेर भियतनाम हिँडेका छन्।

किमसँगै उनकी बहिनी किम यो जोङ, विदेश मन्त्री री योङ हो र आणवीकसम्बन्धी बरिष्ठ अधिकारी  किम योङ चोल पनि रेलमा छन्।

भियतनामको राजधानी होनाई पुग्न किमलाई ६० घन्टा लाग्ने बताइएको छ। उनि चढेको रेलले शनिबार नै चिनियाँ सीमा  पार गरेको उत्तर कोरियाको सरकारी समाचार संस्था  केसिएनएले तस्बिरहरू सार्वजनिक गरेको छ ।

फेब्रुअरी २७ र २८ ट्रम्प-किमबीच दोस्रो शिखर वार्ता हुँदैछ। यसअघि गत जुनमा यी दुई नेताबीच सिंगापुरमा पहिलो शिखर वार्ता भएको भएको थियो। यस पटक हुने शिखर वार्ताबाट उत्तर कोरियाको निश्स्त्रीकरणका बिशयमा ठोस प्रगती हुने अपेक्षा गरिएको छ ।

पहिलो शिखर वार्ताका लागि हवाइजहाजबाट सिंगापुर आएका किमले होनाई जान रेल रोजेका हुन्। किमका बुवा र हजुरबुवा पनि विदेश भ्रमण गर्दा रेलकै प्रयोग गर्थे।

अमेरिकी समाचार पत्र न्यूयोर्क टाइम्सका अनुसार किमको शासनजस्तै रेलको चलन पनि हजुरबुवाबाट बुवा हुँदै उनीसम्म आइपुगेको हो।

उत्तर कोरियामा शासन गर्ने किम तेस्रो पुस्ताका नेता हुन्। सन् १९५० को दशकमा दुई कोरिया छुट्टिएपछि उनका हजुरबुबा किम इल सङ शासक बनेका थिए। उनै सङले रेलबाट विदेश जाने चलन ल्याएका हुन्। सन् १९८४मा सङ रेलमै पूर्वी युरोप गएका थिए।

त्यसलाई उनका छोरा किम जोङ इलले पनि निरन्तरता दिए। इलको सन् २०११ मा रेल यात्राकै क्रममा हृदयघात भएर निधन भएको बताइन्छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ८ : ४२ बजे