ललितपुरको एनसेल कार्यालयमा भएको बम विस्फोट बिप्लबको नेकपाले गराएको गृहमन्त्री थापाको दाबी



काठ्माण्डौ-

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले एक जनाको ज्यान जाने गरी ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोट नेकपा विप्लव समूहले गराएको दाबी गरेका छन ।

प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था समितिको आईतबारको बैठकमा उपस्थित गृहमन्त्री थापाले विस्फोटमा विप्लव नेतृत्वको नेकपाको हात रहेको बताएका हुन ।

गत शुक्रवार साँझ नख्खुमा भएको विस्फोटमा घाइते तीन जनामध्ये एक जनाको उपचारका क्रममा निधन भएको थियो त्यस बारेमा प्रस्ट पार्दै गृहमन्त्री थापाले नख्खुको विस्फोट र देशका विभिन्न भागमा एनसेल टावरहरूमा भइरहेको आगजनीमा विप्लव नेतृत्वको नेकपाकै पार्टीको संलग्नता देखिएको बताएका हुन् ।

गृहमन्त्री थापाले समानान्तर सरकार चलाउने प्रयास स्वरूप विप्लव समूहले विस्फोट र आगजनीका श्रृंखला चलाएको जिकिर गरे । विस्फोट लगानी सम्मेलनलाई लक्षित गरेर गरिएको समेत गृहमन्त्री थापाले बताए ।

सरकारलाई प्राप्त विप्लवका पछिल्ला निर्णयहरूले सो कुरा पुष्टि हुने उनको दाबी छ ।

 

प्रकाशित मिति : फाल्गुन १२, २०७५ आइतबार  ९ : ५३ बजे