पार्टीको महाधिवेशन निर्धारित समयमै हुनुपर्छः कांग्रेस नेता शेखर कोइराला



विराटनगर फागुन, १३–
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेसको १४औँ महाधिवेशनको म्याद थप्न नहुने बताएका छन ।   निर्धारित समयमै हुनुपर्छ भनेका छन् ।सोमबार नेपाल प्रेस युनियन मोरङ शाखाले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उनले पार्टीलाई कमजोर हुनबाट बचाउन निर्धारित समयमै महाधिवेशन  हुनुपर्नेमा जोड दिए ।केन्द्रीय सदस्य डा कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु राम्रो संस्कार नभएको र त्यसले कसैलाई पनि फाइदा नगर्ने समेत बताए ।कोइरालाले पछिल्लो समय पार्टी ठीक ढङ्गले नचलेको भात्री सङ्गठनलाई बिबादित बनाएको भनेर शभापती शेर बहादुर देउबाको आलोचना गर्दै आएका छन । नेपाल विद्यार्थी सङ्घमा भएको विवादले पार्टिलाई कमजोर बनाउने ब ताउदै यसको तत्काल समाधान खोज्न पार्टीमा छलफल भइरहेको बताए ।

प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार  ७ : २६ बजे