मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्रम्पले गरेको सङ्कटकाल घोषणाविरुद्ध अमेरिकी प्रतिनिधिसभामा प्रस्ताव पेस



मेक्सिकोको सीमामा सङ्कट रहेको जनाउँदै राष्ट्रपति ट्रम्पले राष्ट्रिय सङ्कटकाल घोषणा गरेको केही दिन बित्न नपाउँदै प्रतिनिधिसभामा त्यसको विरुद्ध प्रस्ताव दर्ता भएको छ ।

सभामुख नेन्सी पेलोसीले  राष्ट्रपतिको अधिकारको दुरुपयोग गर्दै सीमामा हुँदै नभएको सङ्कट देखाएर आफ्नो चुनावी नारा पुरा गर्न लगाइएको यो सङ्कटकालको विरुद्धमा लाग्न सबै डेमोक्र्याट र रिपब्लिकनहरूलाई अनुरोध समेत गरेकी छन् ।

हिस्प्यानिक ककसका सभापति तथा टेक्ससका सांसद जोक्विन क्यास्ट्रोले उक्त प्रस्ताव पेस गरेका छन् ।  क्यास्ट्रोको प्रस्ताव अब केही दिन भित्रै सांसदबाट पास हुनेछ । सामान्य बहुमतले पास गर्न सक्ने भएको र त्यो सङ्ख्या डेमोक्र्याटहरुसंग रहेकोले यो पास भएर सिनेटमा जानेछ । सिनेटमा पनि सामान्य बहुमतले यो पास हुन्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  २ : २५ बजे